Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेनजीहरु चुनाव हुन दिँदैनौँ भन्दै स्वर परिवर्तन गर्न थाले: मेयर महर्जन

जेनजीहरु चुनाव हुन दिँदैनौँ भन्दै स्वर परिवर्तन गर्न थाले: मेयर महर्जन

बुधवार , पौष २, २०८२

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजी युवाहरूले पछिल्लो समय आफ्नो स्वर परिवर्तन गर्दै निर्वाचन हुन नदिने कुरा गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन्।

उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए।

तर पछिल्लो समय केही जेनजी समूहबाट निर्वाचन हुन नदिने अभिव्यक्ति आउन थालेकोप्रति उनले असन्तुष्टि जनाए ।

उनले भने- 'सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो । तर पछिल्लो कालखण्डमा जेनजीले स्वर परिवर्तन गर्दै चुनाव हुन दिँदैनौँ भन्न थालेका छन् । यस्तो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ ।'

मेयर महर्जनले देशको राजनीतिक प्रणालीलाई स्थिरतातर्फ लैजान निर्वाचन अनिवार्य रहेको उल्लेख गर्दै निर्वाचनमार्फत अहिले देखिएको ‘डिरेल’ अवस्था सुधार गर्नुपर्ने बताए ।

त्यसका लागि जेनजी युवाहरूले समेत सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077