काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले पार्टी संयम भएर अघि बढ्नेमा जोड दिएका छन् ।
सामाजिक नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित संपूर्ण पदाधिकारीहरुलाई बधाई दिँदै उनले यस्तो बताएका हुन् ।
योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- 'नेकपा एमालेको ११ औ महाधिवेशन सम्पन्न भएको छ । यसको आन्तरिक तयारी, ब्यवस्थापन र संदेशका बारेमा समिक्षा हुने नै छ । भाद्र २३ र २४ को घटना पछिको प्रतिकुल परिवेशमा सम्पन्न यो महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक रहेको छ ।'
योगेशले सम्पन्न महाधिवेशनले सकारात्मक सन्देश दिएको समेत बताए ।
अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका केपी शर्मा ओलीले बिहीबार नै एमालेमाथि जेनजी आन्दोलनको विषय जोडेर अनुसन्धान गर्न खोजिए देश ठप्प पार्नेदेखि सरकार ढाल्नेसम्मका चेतावनी दिएका थिए । त्यसमा काउण्टर दिँदै पूर्वमन्त्री समेत रहेका योगेशले एमालेपंक्ति संयम र धैर्यताका साथ अघि बढ्ने बताए ।
उनले थप लेखेका छन्- 'अब सिंगो एमाले पंक्तिले संयम र धैर्यताकासाथ अघि बढ़ेर मुलुकको संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई पुनर्स्थापित गर्न अगुवाई गर्नु पर्दछ।'
'