Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा

पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा

मंगलवार , पौष ८, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२–०८३ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा नेपालको वैदेशिक व्यापार तीव्र गतिमा विस्तार हुँदै ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आकार गत आवको सोही अवधिको तुलनामा २० दशमलव शून्य ७ प्रतिशतबढी हो । अघिल्लो वर्ष मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।

आयात र निर्यात दुवैमा वृद्धि देखिँदा समग्र वैदेशिक व्यापार उकालो लागेको हो । यद्यपि, निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको परिमाण ठूलो रहँदा व्यापार घाटा भने अझै उच्च छ ।

पाँच महिनाको अवधिमा व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १० दशमलव ५२ प्रतिशतबढी हो । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077