Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ठगी गरेको भन्दै विद्यार्थीहरूद्धारा ब्रिटिस कलेजमा तोडफोड, सात जना पक्राउ

ठगी गरेको भन्दै विद्यार्थीहरूद्धारा ब्रिटिस कलेजमा तोडफोड, सात जना पक्राउ

मंगलवार , पौष ८, २०८२

काठमाडौं । काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा तोडफोड भएको छ ।

मंगलबार दिउँसो करोडौँ रुपैयाँ असुलेर पढाइ नगरी आफूहरू ठगीको शिकार भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि कलेजमा तोडफोड भएको हो ।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले उच्च शिक्षाको सपना देखाएर अभिभावक र विद्यार्थीलाई आकर्षित गर्ने ‘ब्रिटिस कलेज’ को नाममा भर्ना लिने तर पछि आफूहरूलाई अन्य कलेजमा पठाउने गरेको गम्भीर आरोप लगाएका छन् ।

पढाइ नहुँदा पनि पैसा फिर्ता नदिइएको र प्रश्न उठाउँदा उल्टै धम्की दिइएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए।

प्रहरीले कलेजबाट हटाउन खोजेपछि उनीहरूले ढुंगामुढा गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन सात जना युवाहरुलाई पक्राउ समेत गरेको छ । ढुंगा प्रहारबाटट कलेजमा केही क्षति समेत पुगेको प्रहरींले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077