Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘नक्कली विद्यालय’ प्रकरणमा एमाले नेता नन्दसिंह बुढा दोषी ठहर, साढे १ वर्ष कैद

‘नक्कली विद्यालय’ प्रकरणमा एमाले नेता नन्दसिंह बुढा दोषी ठहर, साढे १ वर्ष कैद

बुधवार , पौष ९, २०८२

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी राज्यको रकम हिनामिना गरेको आरोपमा गत असार १९ गते उनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।

अख्तियारले बुढासहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढाविरुद्ध ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै नन्दसिंह बुढा र संगीता बुढालाई दोषी ठहर गरेको हो। अदालतले उनीहरूलाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र साढे १ वर्ष कैद सजाय तोकेको छ।

यसै प्रकरणमा अन्य प्रतिवादी रविचन्द्र पजियार र मनिराम कुर्मीको हकमा भने अदालतले थप निर्णय सुनाउने जनाएको छ।पछिल्लो समय नन्दसिंह बुढा डोल्पाबाट नेकपा एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि समेत बनेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077