Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

बिहिवार , पौष १०, २०८२

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।

नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेका हुन् ।

नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए ।

तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा(जोमसोम उडान स्थगित गरेको बताए। त्यसैगरी समिट एयरलाईन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077