Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमै थन्किए १८ मालवाहक ट्रली

डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमै थन्किए १८ मालवाहक ट्रली

शुक्रवार , आश्विन १७, २०८२

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ घमी खोलामा सडक डाइभर्सन नहुँदा सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन्।

जोमसोम-कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयातित मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सारमै थन्किएका हुन्।

कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुस्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। दसैँ पछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गर्ने उनले बताए।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या भएको हो ।

घमी खोलामा पुल निर्माणका लागि विसं २०७५ मा रु ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएको थियो।

तर पुल सात वर्ष भइसक्दासमेत सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीलाई दैनिक हर्जानासमेत लगाइएको छ । एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत मात्रै भौतिक प्रगति भएको अध्यक्ष विष्टले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077