Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महासचिव विप्लवले भने– अन्तरिम सरकारको नेतृत्व नेकपालाई गर्न दिनुस्, सबैलाई चित्त बुझ्दो निकास दिन्छौँ’

महासचिव विप्लवले भने– अन्तरिम सरकारको नेतृत्व नेकपालाई गर्न दिनुस्, सबैलाई चित्त बुझ्दो निकास दिन्छौँ’

बिहिवार , पौष १०, २०८२

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अन्तरिम सरकारको नेतृत्व नेकपालाई दिए जनतालाई चित्त बुझ्नेगरि काम गर्ने दाबी गरेका छन् ।

काठमाडौंको बुद्धनगरस्थित बिहीबारदेखि सुरु भएको पार्टीको नवौं केन्द्रीय कमिटीको चौथौ विशेष बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव चन्दले देशलाई अग्रगामी निकासतर्फ लैजान सर्वपक्षीय सरकार आवश्यक रहेको उल्लेख गर्दै समाजवादी संघीयतालाई वर्तमान नेपालको ढाँचा हुनुपर्ने बताए ।

उनले भने- 'अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी)लाई दिइए पनि हामी सबै राजनीतिक शक्तिलाई, आन्दोलनकारी र जनतालाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिने पहल गर्नेछौँ ।'

उनले अहिलेसम्म अपूर्ण रहेका कानुनी, राजनीतिक, प्रशासनिक सबै समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतर्फ लैजानुपर्ने बताए ।

यस्तै महासचिव चन्दले राष्ट्रपतिलाई १३ बुँदे माग प्रस्तुत गरिएको र प्रधानमन्त्रीलाई पनि भेटेर मागपत्र बुझाउने तयारी भएको जानकारी दिए।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसंग नेकपा माओवादीले वर्तमान सरकारलाई भंगगरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

उक्त ज्ञापनपत्रमा कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न १० दिने ‘अल्टिमेटम’ दिइएको छ।त्यति मात्र नभइ प्रत्यक्ष निर्वाचिन कार्यकारीको व्यवस्था, भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायलय गठन, साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप बन्द गर्ने लगायतका मागहरु समेत अघि सारेका छन् ।

साथै आफ्ना मागहरु पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077