Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विप्लवसहितका नेता आयोगमा, निर्वाचनमा भाग लिएर देश र जनताको सेवा गर्ने प्रतिवद्धता

विप्लवसहितका नेता आयोगमा, निर्वाचनमा भाग लिएर देश र जनताको सेवा गर्ने प्रतिवद्धता

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुगेका उनले सञ्चारकर्मीहरुसंग कुरा गर्दै निर्वाचनमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।

विप्लव नेकपाले यसअघि नै दल दर्ताको निवेदन दिएको थियो । दल दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनी आयोग गएका हुन् ।

विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेता-कार्यकर्ता आयोग पुगेर सनाखत गरे ।

उनले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रुपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरूले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर समेत गरे।

यस्तै महासचिव विप्लवले नयाँ एउटा कम्युनिष्ट केन्द्र बनाउने गरी मुलुकलाई संकटबाट निकास दिने विषयमा मिलेर जाने विषयमा घनश्याम भुसाल र जनार्दन शर्मासँग छलफल गरिएको समेत बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077