Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विप्लव, घनश्याम र जनार्दन सहकार्य गर्न तयार, संयुक्त विज्ञप्ति जारी हुँदै

विप्लव, घनश्याम र जनार्दन सहकार्य गर्न तयार, संयुक्त विज्ञप्ति जारी हुँदै

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । नेकपामा महासचिव नेक्रविक्रम चन्द्र विप्लव, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्य गर्ने सहमति भएको छ।

विप्लव निवास हात्तीवनमा भएको छलफलमा ती नेताबीच बृहत् वामपन्थी एकता अभियान लागि सहकार्य गर्ने सहमति भएको हो।

शर्मा र भूसाल शुक्रबार बिहानै हरिसिद्धीस्थित विप्लवनिवास पुगेका थिए। त्यहाँ उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीहरूबीच सहकार्यलगायतका विषयमा छलफल भएको थियो।

नेकपा माओवादी र नेकपा एससहित १० वाम घटकबीचको एकताप्रति असहमति जनाउँदै जनार्दन र घनश्याम अलग भएका छन्।शर्माले माओवादी छाडेर प्रगतिशील अभियान घोषणा गरेका छन्। भने घनश्यामले नेकपा एस नै पुनर्गठन गर्ने घोषणा गरेका छन्।

१० वाम पार्टी मिल्दा विप्लव नेतृत्वको नेकपा पनि विभाजित बनेको छ।

नेताहरूबीच चलेको लामो समयदेखिको बैठकका विषयलाई समेटेर तीनै नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी हुँदैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077