Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मालिका विकास संघले चौरपाटीमा गर्‍यो सामाजिक लेखा परिक्षण

मालिका विकास संघले चौरपाटीमा गर्‍यो सामाजिक लेखा परिक्षण

बिहिवार , पौष १०, २०८२

अछाम । मालिका विकास संघ नेपालले चौरपाटीमा सामाजिक लेखा परिक्षण गरेको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा साझेदार संस्था मालिका विकास संघ नेपालमार्फत सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाको सन् २०२५ का क्रियाकलापहरूको सामाजिक लेखा परिक्षण गरिएको हो ।

परियोजनाले कार्यक्रमको सरोकारवालाहरू र लाभान्वित वर्गको सन्तुष्टि, गुनासो, सुझाव तथा माग संकलन गर्ने उद्देश्यले सामाजिक लेखा परिक्षण गरेको मालिका विकास संघका कार्यक्रम अधिकृत टिकाराम ढुंगानाले जानकारी दिए । यसबाट आगामी वर्षका कार्यक्रमहरूलाई अझ प्रभावकारी, पारदर्शी र समुदायको आवश्यकता अनुसार सञ्चालन गर्न सकिने बताइएको छ ।

परियोजनाका सन् २०२५ का कुल क्रियाकलापमध्ये अधिकांश सम्पन्न भइसकेका छन् भने बाँकी कार्यहरू यसै डिसेम्बर भित्र पूरा हुने योजना रहेको पनि प्रस्तुतिकरणमा उल्लेख गरिएको थियो ।

चौरपाटी गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष लाल बहादुर धामीले परियोजनाले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, बालसंरक्षण र बालप्रायोजन सेवामा उल्लेखनीय काम गरेको भन्दै गाउँपालिका, वडा र सरोकारवालाले आगामी दिनमा पनि सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले मालिका विकास संघ नेपाल र गुड नेवर्स इन्टरनेशनल नेपाललाई धन्यवादसमेत व्यक्त गरे ।

परियोजना विगत ३ वर्षदेखि चौरपाटी गाउँपालिका अन्तरगतका वडा नं. १, २, ३ र ४ मा सञ्चालन हुँदै आएको छ । यसअन्तर्गत ८८५ जना बालबालिकालाई प्रत्यक्ष शैक्षिक सहयोग उपलब्ध गराइएको छ ।

साथै २७ वटा विद्यालय, २४ वटा कृषक समूह र स्वास्थ्य संस्थासँग सहकार्य गर्दै सामुदायिक विकासका विविध कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन् ।

सामाजिक लेखा परिक्षणले समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै परियोजनाको पारदर्शिता, प्रभावकारिता र दीगो विकासमा जोड दिने भूमिका खेल्ने विश्वास गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077