काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले विकल्प अनुहारमा नभई विचार, दृष्टि र मूल्यमा हुनुपर्ने तर्क गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको सात बुँदे सहमतिपछि उनले यस्तो प्रतिक्रिया जनाएकी हुन् ।
सहमति सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै कोइरालाले लेखेकी छन्,'जब सोच र तरिका पुरानै रहन्छन्, तब विकल्पहरू पनि पुनर्चक्रित जस्ता लाग्छन् । विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो।'
उनको यो टिप्पणी रवि–बालेन सहमतिप्रति संकेतित आलोचनाका रूपमा हेरिएको छ ।