Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख ईन्दिरा रानाले छाडिन् सरकारी गाडी

उपसभामुख ईन्दिरा रानाले छाडिन् सरकारी गाडी

आइतवार , पौष १३, २०८२

काठमाडौं । उपसभामुख ईन्दिरा राना मगरले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेकी छन् ।

आइतबार उपसभामुख रानाले संघीय संसद सचिवालयमा प्रक्रिया पुर्‍याएर गाडीको चाबी हस्तान्तरण गरेकी हुन् ।

प्रतिनिधि सभा विघटन नभएको भए अझै दुई वर्ष उपसभामखुसहित सभामुखको कार्यकाल बाँकी रहन्थ्यो । संसद विघटन भएका कारण उनको कार्यकाल आज रातिबाट कार्यकाल सकिँदैछ ।

‘प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्,’ सभामुख र उपसभामुखको कार्यकालबारे संविधानको धारा ९१ को उपधारा ६ (क) मा लेखिएको छ ।

फागुन २१ को निर्वाचनका लागि आज र भोलि समानुपातिकको सूची बुझाउने कार्यतालिका रहेको छ ।

सोही अनुसार हरेक दलले आफ्नो समानुपातिक सूची बुझाएपछि मनोनयन दर्ता भएको मानिनेछ । सोही अनुसार आज नै उपसभामुख रानाले सरकारी गाडी छाडेकी हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077