Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रहिनन् बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया

रहिनन् बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया

मंगलवार , पौष १५, २०८२

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेकी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष समेत रहेकी जियाको मंगलबार बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बीएनपीको मिडिया सेलले सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत उनको निधनको जानकारी दिएको छ । बीएनपीका अनुसार मंगलबार बिहान ६ बजे 'फज्र'को नमाज पढेको केही समयपछि उनले अन्तिम सास फेरेकी थिइन् ।

उनी सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००१ देखि २००६ सम्म उनी पुनः सत्तामा रहिन् । बंगलादेशमा बहुदलीय लोकतन्त्रको स्थापनाका लागि उनलाई महत्त्वपूर्ण नेता मानिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077