Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

आलोचनापछि रास्वपाले समानुपातिक सूची सच्याउने, त्रुटि सुधारेर पुनः पेस गरिने

आलोचनापछि रास्वपाले समानुपातिक सूची सच्याउने, त्रुटि सुधारेर पुनः पेस गरिने

बुधवार , पौष १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पेस गरेको समानुपातिक बन्दसूची सच्याउने निर्णय गरेको छ।

बुधबार जारी गरिएको पार्टी सचिवालयको सूचनामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा कुनै त्रुटि देखिएमा सुधार गरी तोकिएको समयसीमाभित्र पुनः पेस गरिने उल्लेख छ।

सूचनामा भनिएको छ, 'समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका क्रममा यस प्रक्रियामा कुनै कमीकमजोरी देखिएमा सच्याउन पाइने समयको सदुपयोग गर्ने सहमतिका साथ सूची पेस गरिएको हो। निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र बन्दसूचीमा रहेका त्रुटिहरू सुधार गरी समयमै पेस गरिनेछ।'

रास्वपाले समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत र पार्टीभित्र गरिएको प्राइमरी निर्वाचनको नतिजाविपरीत सूची तयार गरिएको भन्दै पार्टीभित्रै र बाहिरबाट तीव्र आलोचना भइरहेको सन्दर्भमा यस्तो स्पष्टिकरण दिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077