Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराष्ट्रपति र प्रधानन्यायाधीशबीच सर्वोच्च अदालतमा ‘वान टु वान’ वार्ता

पूर्वराष्ट्रपति र प्रधानन्यायाधीशबीच सर्वोच्च अदालतमा ‘वान टु वान’ वार्ता

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जलाइएको संरचना पनि अवलोकन गर्न सर्वोच्च अदालत पुगेकी पूर्वराष्ट्रपछि विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच अदालतभित्रै ‘वान टु वान’ वार्ता भएको छ ।

अवलोकनका लागि भन्दै शुक्रबार सर्वोच्च अदालत पुगेकी पूर्वराष्ट्रपति भण्डारीले दुवै पक्षका सचिवालयका सदस्यहरूलाई बाहिर राखेर प्रधानन्यायाधीश राउतगँग करिब एक घण्टा लामो संवाद गरेकी हुन् ।

अवलोकनका क्रममा उनले क्षतिको विवरण र पुनर्निर्माणको अवस्थबारे पनि कर्मचारी र न्यायाधीशहरूसँग जानकारी लिएकी थिइन् ।

फेरी राजनीतिमा फर्कन ‘वार्मअप’ गरिरहेकी भण्डारी नेकपा एमालेले सदस्यता नै नविकरण नगर्दा समस्यामा परेकी छन् । पूर्वराष्ट्रपति भण्डारी सात वर्षपछि गत १४ असारमा राजनीतिक प्रकृतिको कार्यक्रममा सहभागी भएकी थिइन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि थिइन् ।

उक्त कार्यक्रमममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गर्दै पार्टी नेतृत्वका लागि आफू सक्रिय भएको बताएपछि एमाले अध्यक्ष ओली उनीविरुद्ध खनिँदै आएका छन्।

एमाले अध्यक्ष ओलीसँगको विवादका कारण उनी एमालेको सक्रिय राजनीतिमा फर्कन सकेकी छैनन् । भण्डारीले भदौ ५ गते ‘मदन भण्डारीको ७५औं जन्मजयन्ती’ मनाउन भन्दै काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दा पनि ओलीले ओलीले आपत्ति जनाएका थिए ।

त्यतिबेला ओलीले भनेका थिए–‘उहाँ आएर पार्टीमा सहयोग पुर्‍याउनुपर्ने, एकतामा बल पुर्‍याउनुपर्ने। पार्टीमा असन्तुष्ट मान्छेहरूलाई भेला गरेर लागिरहनुभएको छ । जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोल्नुपर्छ ? अहिलेदेखि कार्यालय खोलेर पार्टीविरुद्ध क्रियाशील हुने ?’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077