सुर्खेत । दैलेख क्षेत्र नम्बर २ बाट नेकपा एमालेका युवा नेता विष्णु रिजाल प्रतिनिधिसभामा उम्मेदवार भएका छन् ।
शनिबार जम्बुकाँधमा भएको उम्मेदवार छनोट चुनावमा रिजालले सर्वाधिक मत प्राप्त गरी विजयी भएका हुन् ।
उम्मेदवार छनोटका लागि रिजाल, पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा र राजबहादुर शाही आकाङ्क्षी रहेका थिए ।
चुनावी प्रतिस्पर्धामा रिजालले ६७ मत प्राप्त गरे भने लक्ष्मीप्रसाद पोखरेलले ६६, राजबहादुर शाहीले ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गरेका थिए ।
विष्णु रिजाल एमालेको केन्द्रीय सदस्य तथा चर्चित युवा नेताका रूपमा परिचित छन्। यो उनको पहिलो संसदीय चुनावको दौड हो ।