काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले हाल चर्चामा रहेको वाम एकतालाई व्यंग्य गर्दै त्यसलाई “भ्यागुताको धार्नी”सँग तुलना गरेका छन् ।
रिजालले समाजवादी–माओवादी एकताको पहलप्रति टिप्पणी गर्दै भनेका छन्— 'नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको रिसले गरिएको एकताले गाली गर्न इच्छुकहरूलाई एउटै मञ्च त उपलब्ध गराउला, तर भ्यागुताको धार्नी पुगेर कुनै परिणाम निस्किन्न।'
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'माइनस र माइनस जोड्न त मिल्छ तर योगफल माइनस नै हुन्छ।'
उनले अप्रत्यक्ष रूपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूबीच भइरहेको सम्भावित एकतालाई लक्षित गर्दै टिप्पणी गरे ।