Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुगुमा सेनाको बोलेरो दुर्घटना, अमलदारको मृत्यु

मुगुमा सेनाको बोलेरो दुर्घटना, अमलदारको मृत्यु

सोमवार , पौष २१, २०८२

जुम्ला । मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एकजना अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटुबाट रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार दुर्घटनामा परी हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडीको मृत्यु भएको हो। बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका ऐडीलाई मुगु अस्पतालले बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो।

न १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ स्थित पिना प्रहरी चौकीदेखि अगाडि पर्ने आलादुना खोलाको मोडमा दुर्घटनामा परेको हो ।

आइतबार साँझ ७ बजेर ७ मिनेटमा दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो ।

प्रहरीका अनुसार बोलेरो सडकबाट करिब २ सय मिटर तल खसेको थियो। गम्भीर घाइते भएका चालक ऐडीलाई राति १० बजे मुगु अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077