Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति अधिकृतहरुलाई  दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा सेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याल, मानार्थ उपरथी दर्जा प्राप्त सहायक रथी रोशन शम्सेर राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ जेठ २९ गतेको निर्णयअनुसार उनीहरुको पदोन्नति भएको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका वरिष्ठ अधिकृत, रथीवृन्द तथा पदोन्नति प्राप्त अधिकृतका परिवारजन उपस्थित थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077