Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी सेना टुँडिखेलमा किन ?

अमेरिकी सेना टुँडिखेलमा किन ?

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । राजधानी काठमाडौंको टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरलभएपछि त्यसले राजनीतिक तथा सार्वजनिक चासो बढाएको छ ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक भएको उक्त तस्वीरलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएपछि नेपाली सेनाले यसलाई नियमित सैन्य कूटनीतिक अभ्यास भएको स्पष्ट पारेको हो ।

सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आयोजना हुने कार्यक्रममा विदेशी सेनाका ब्यान्ड टोलीले मैत्री सहभागिता जनाउने प्रचलन नियमित रूपमा रहँदै आएको बताइएको छ । स्रोतका अनुसार नेपालमा आयोजना हुने समारोहमा विदेशी ब्यान्ड टोली सहभागी हुने मात्र होइन, नेपाली सेनाको ब्यान्ड टोली पनि विभिन्न देशका सेना दिवसमा सहभागी हुँदै आएको छ ।

'अस्ति भर्खरै भारतको सेना दिवसमा नेपाली ब्यान्ड पनि गएको थियो, त्यसको उद्घोष नेपाली भाषामै भएको थियो,' स्रोतले भन्यो, 'आर्मी टु आर्मी अपरेसनअन्तर्गत संयुक्त अभ्यास, कार्यक्रम सहभागिता, तालिम आदानप्रदान नियमित प्रक्रिया हो ।'

प्रवक्ता बस्नेतका अनुसार जंगी अड्डाले यसबारे विज्ञप्ति जारी गरेर समेत भ्रममा नपर्न आग्रह गरेको छ । “यसबाहेक युवा आदानप्रदान कार्यक्रम पनि चलिरहेको हुन्छ,” उनले थपे ।

नेपाली सेनाले नेपाल र अमेरिकाबीच सन् १९४७ देखि सैन्य सम्बन्ध रहँदै आएको स्मरण गराउँदै गणतन्त्र स्थापनापछि पनि विभिन्न सरकारका पालामा यस्ता कार्यक्रम नियमित रूपमा हुँदै आएको जनाएको छ ।

नेपाली सेनाका धेरै अधिकृतहरूले अमेरिकास्थित स्टाफ कलेजहरूमा अध्ययन गर्ने तथा तालिम लिने क्रम जारी रहेको र अमेरिकी टोलीहरू पनि कार्यक्रम विशेषमा नेपाल आउने गरेको सेनाको भनाइ छ ।

नेपालले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत विभिन्न मुलुकसँग नेपाल तथा विदेशमा संयुक्त सैन्य अभ्याससमेत गर्दै आएको छ । सेनाले यी सबै कार्यक्रम विगतकै निरन्तरता भएको र नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

तर निर्वाचन आउन अब दुई साताभन्दा केही दिन मात्र बाँकी रहँदा अमेरिकी सेनाको प्रस्तुति राजनीतिक बहसको विषय बनेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077