Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गुल्मी–२ मा एमालेबाट गोकर्ण विष्टको नाम एकल सिफारिस

गुल्मी–२ मा एमालेबाट गोकर्ण विष्टको नाम एकल सिफारिस

सोमवार , पौष २१, २०८२

काठमाडौं । नेकपा एमालेले गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोकर्ण विष्टको नाम एकल सिफारिस गरेको छ ।

क्षेत्रीय समितिले एमाले उपाध्यक्ष समेत रहेका विष्टको नाम एकल सिफारिस गरेको हो ।

यसअघि ०७९ को निर्वाचनमा समेत विष्टले सोही क्षेत्रबाट जितेका थिए । त्यसबेला एकीकृत समाजवादीमा रहेकी रामकुमारी झाँक्रीले विष्टसँग प्रतिष्पर्धा गरेकी थिइन् । यद्यपि झाँक्री अहिले नेकपा एमालेमा रहेकी छन् ।

त्यस्तै गुल्मीको क्षेत्र नं १ बाट प्रदीप ज्ञवालीको नाम एकल सिफारिस भएको छ ।

अघिल्लो निर्वाचनमा ज्ञवाली सो क्षेत्रमा प्रतिष्पर्धा गरे पनि कांग्रेसका डा. चन्द्र भण्डारीसँग पराजित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077