Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खैरो हेरोइन कारोबारमा संलग्न युवकलाई गोली हानी पक्राउ

खैरो हेरोइन कारोबारमा संलग्न युवकलाई गोली हानी पक्राउ

बुधवार , पौष २३, २०८२

काठमाडौं । खैरो हेरोइन कारोबारमा संलग्न युवकलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाको निर्देशनमा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जका शाखा प्रमुख असई नवीनकुमार शाहीको नेतृत्वमा खटिएको टोलीले उक्त कारबाही गरेको हो।

प्रहरीका अनुसार बुधबार लागुऔषध खैरो हेरोइनको खरीद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११, लालपुर नजिक शंकास्पद व्यक्तिको खोजी गरिएको थियो।

सोही क्रममा शंकास्पद व्यक्ति फेला परेपछि कानुनबमोजिम चेकजाँच गर्न खोज्दा ती व्यक्ति भाग्न प्रयास गरेपछि प्रहरीले नियन्त्रण लिन दुई राउन्ड गोली प्रहार गरेको थियो।

प्रहार गरिएका दुई राउन्डमध्ये एक गोली ती व्यक्तिको दाहिने खुट्टामा लागेको प्रहरीले जनाएको छ। गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान फिरोज खान भएको प्रहरीले जनाएको छ। खानले लगाएको पाइन्टको दाहिने खल्तीभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ।

बरामद गरिएको खैरो हेरोइनको शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम रहेको प्रहरीले जानकारी दिएको छ। साथै घटनास्थलबाट तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ।

घाइते अवस्थामा पक्राउ परेका खानलाई आवश्यक उपचारपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077