Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गुप्तचरमा टेकराजले मारे छलाङ

गुप्तचरमा टेकराजले मारे छलाङ

आइतवार , पौष २७, २०८२

काठमाडौं । तीन महिनादेखि रोकिएको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को बढुवा गत साता अघि बढेको छ। एकै सातामा एआईजी, डीआईजी र एसएसपीमा बढुवा भएको छ।

एआइजीमा वरियतामा १ नम्बरमा रहेका ओमबहादुर खड्काको बढुवा भएको छ। यो बढुवासँगै तीन वर्षपछि उनी विभागको प्रमुख हुने सम्भावना देखिएको छ।

त्यस्तै, डीआईजीमा राजन उप्रेती र नवीन अधिकारीको बढुवा भएको छ। उनीहरुमध्ये अधिकारी हालका विभागका प्रमुख टेकेन्द्र कार्कीका निकटस्थ मानिन्छन्।

एसएसपीमा टिका पोखरेल, टेकराज तिमिल्सना र उत्तम खनालको बढुवा भएको छ। पोखरेल र खनाल पुरानो ब्याचका हुन् भने तिमल्सिना नयाँ ब्याचका हुन्।

उनी आफ्नो ब्याचबाट एकल बढुवा भएका छन्। पछिल्लो समय नेतृत्वको चाकडी गरेर आकर्षिक पोष्टिङ पाउँदै आएका तिमल्सिनाले अहिले पनि चलखेलकै आधारमा सिनियर ब्याचलाई टपेर बढुवा भएक हुन्। सिनियर ब्याचका दिपक खड्का भने बढुवामा छुटेका छन्।

तिमिल्सिना शक्तिकै आडमा यसअघि लगातार दुई वर्ष भक्तपुर बसेका थिए। पछिल्लो समय प्रशासन शाखामा थिए। उनको ब्याचबाट २–३ जना प्रमुख हुने सम्भावना हुने भएकाले उनका ब्याचका अन्य अधिकृतले एकल बढुवाको विरोध गरेका छैनन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077