Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

६ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

६ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

सोमवार , पौष २८, २०८२

काठमाडौं । बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिको आइतबार नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि अनिल खत्री रहेका छन् । यस्तै, सर्भे समूह राजपत्रांकित द्वितीय श्रेणीअन्तर्गत राजु कुमार द्विवेदी, राजमान श्रेष्ठ र द्वारिकानाथ धिताल रहेका छन् ।

यसैगरी कृषि प्रसार समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत नवराज पण्डित रहेको रहेका छन् भने बागवानी समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत रामकुमार यादवलाई बढुवाका लागि सिफारिस गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077