Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित युवक पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित युवक पक्राउ

बुधवार , पौष ३०, २०८२

सिन्धुली । सिन्धुली प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–३ घर भएका ३४ वर्षीय युवराज नेवार रहेका छन् ।

प्रहरीले गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । उक्त डलरको बुधबारको बजार मूल्य ८२ लाख ८ हजार रहेको छ।

सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायसँग समन्वयमा अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077