Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एनआरएनका कोषाध्यक्ष ढुंगाना सिआइबीको ‘वान्टेड’ सूचीमा

एनआरएनका कोषाध्यक्ष ढुंगाना सिआइबीको ‘वान्टेड’ सूचीमा

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली विद्यार्थीलाई दुबई लगेर ठगी गर्ने गिरोहमा गैरआवासिय नेपाली संघ (एनआरएन) का नेताकै संलग्नता भेटिएको छ ।

एनआरएनका केन्द्रीय कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना समेतको मिलेमतोमा ठगी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यसमा बिस्तृत अनुसन्धान गरिरहेको छ ।

सिआइबीले हालसम्म पाँच जनालाई पक्राउ गरिसकेको छ, ढुंगाना लगायत केही व्यक्ति फरार सूचीमा छन्। उनीहरुलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको सिआइबीका एक अधिकारीले बताए ।

ढुंगाना लाजिम्पाटस्थित कान्तिपुर अब्रोड कन्सलटेन्सी प्रालिका सञ्चालक हुन् । सो कम्पनीका अर्का सञ्चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–स्थायी घर भएका ४८ वर्षिय दामोदर ढकाल र दार्चुलाको लेक्रम गाउँपालिका–२ घर भएका ४८ वर्षिय हेमराज भट्टलाई सिआइबीले पक्राउ गरिसकेको छ।

ढकाल र भट्टले नेपालमा विद्यार्थी खोजेर दुबई पठाउने र ढुंगानाले दुबईमा कलेजका नाममा ट्रेनिङ सेन्टर चलाएर बिद्यार्थीलाई ठगी गर्दै आएको खुलेको छ ।

अष्ट्रेलिया र फ्रान्सका कलेजको सम्बन्धन रहेका कलेज भन्दै दुबईमा बिद्यार्थी लैजाने र २र४ वटा कोठा भएको सामान्य ट्रेनिङ सेन्टरमा पढाएर ठगी हुँदै आएको थियो।

यसरी बिद्यार्थी लैजाँदा प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म असुली हुने गरेको सिआइबीले जनाएको छ। यससम्बन्धमा पीडित बिद्यार्थीहरुले तीन महिनाअघि नै शिक्षा मन्त्रालयमा उजुरी दिएका थिए। तर, कारबाही हुन सकेको थिएन।

सिआइबीले बेष्ट पाथ एजुकेशन कन्सलटेन्सीका सञ्चालक कृष्ण थापा, मर्सी एजुकेशन कन्सलटेन्सीका रामचन्द्र टण्डन, सिटीहब एजुकेशन नेटवर्कमा सुवास सिलवाल क्षेत्री पनि पक्राउ परेका छन्। अन्य केही कन्सलटेन्सी सञ्चालक फरार छन्।

सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस बिज्ञप्तिमा ती कन्सलटेन्सीका सञ्चालकले विभिन्न देशका विश्वबिद्यालयमा क्रेडिट ट्रान्सफर गराउने भनेर मोटो रकम असुली गरेका थिए। कलेजका नाममा सञ्चालित तालिम केन्द्रहरुले यूएइएको उच्च शिक्षा मन्त्रालयबाट अनुमति समेत नलिएको खुलेको छ।

ढुंगाना विगतमा पनि अनेक अपराधमा मुछिदै आएका व्यक्ति हुन्। कान्तिपुर होलिडेजका सञ्चालक रहेका उनी ३३ किलो सुन तस्करीमा पनि मुछिएका थिए। सुन तस्करी र हुन्डी कारोबारको कनेक्सन देखिएपछि उनीमाथि त्यसबेला मुद्दा दायर भएको थियो।

त्यस्तै, भिजिट भिसामार्फत हुने मानवतस्करीमा पनि उनको कनेक्सन देखिएको थियो। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो चरणमा अनुसन्धान सकेर थप अनुसन्धान गरिरहेको छ।

उनको मुख्य धन्दा हुन्डी रहेको दुबईमा रहेका उनी निकट व्यक्तिहरु बताउँछन् । नेपाल प्रहरीका केही अधिकारीलाई प्रभावमा पारेर उनले आफुलाई सधैं जोगाउँदै आएका छन्। यसपटक पनि चलखेलकै आधारमा उन्मुक्ति पाउने दाउमा उनी लागिसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077