Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न आरोपी गौतम पक्राउ

३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न आरोपी गौतम पक्राउ

बिहिवार , माघ १, २०८२

काठमाडौं । ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

मोरङ उर्लाबारीका सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो। सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती ९गोरे०लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077