Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पार्टी फुटेको छैन, सभापति मात्रै नयाँ आएका हुन्: सुजाता कोइराला

पार्टी फुटेको छैन, सभापति मात्रै नयाँ आएका हुन्: सुजाता कोइराला

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै कोइरालाले थापालाई बधाई तथा शुभकामना दिएकी हुन् ।

उनले नेपाली समाज र युवा पुस्ताले परिवर्तन चाहेको उल्लेख गर्दै कांग्रेसभित्र पनि परिवर्तन आएको बताइन् ।

उनले भनिन्- ‘अहिले युवाले, नेपाली समाजले र नेपाली जनताले परिवर्तन चाहेका छन् । परिवर्तनलाई हाँसेर, खुसी भएर अंगालो मार्नुपर्छ । नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ । पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ ।’

उनले सभापति थापालाई बीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक दृष्टिकोणलाई आत्मसात् गर्दै पार्टी हाँक्न सुझाव दिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077