Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनोनयनको मिति सर्दैन, आचारसंहिता बाहिर गतिविधि नगर्नू: रामप्रसाद भण्डारी

मनोनयनको मिति सर्दैन, आचारसंहिता बाहिर गतिविधि नगर्नू: रामप्रसाद भण्डारी

सोमवार , माघ ५, २०८२

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयनको मिति नसर्ने स्पष्ट पारेका छन् ।

भण्डारीले सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयोगले ४ महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार नै निर्वाचन सम्पन्न हुने स्पष्ट पारेका हुन् ।

माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दाखिल गर्नसक्ने बताए ।

उनले भने- 'अब भोलि माघको ६ गते जो जो चुनिन चाहनुहुन्छ, उहाँहरुको मनोनयन पत्र दाखिल गर्ने समय हो बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म । त्यो प्रयोजनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेबाट आचारसंहिता लागू गर्ने भनेर आचारसंहितासमेत लागू भइसकेको अवस्था हो । अब सबै कार्यक्रम प्रकाशित भएर चार महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार कार्य सम्पादन भएको र अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायत विषयवस्तु सकिसकेको हुनाले तोकिएकै समयमा चुनिन चाहने दलका स्वतन्त्र उम्मेदवारहरुले भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र दाखिल गर्नुहुन्छ ।'

उनले अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायतका कामहरु निर्वाचन आयोगबाट नहुने बताए ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ माघ ४ गते राति १२ बजेबाट नै लागू भइसकेको बताउँदै आचारसंहिताले नदिएका कार्यहरु नगर्न सचेत गराए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077