काठमाडौं। नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन् ।
आज निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले आफ्नो मनोनयन दर्ता गरेकी हुन् ।
भक्तपुर- २ नेकपा एमालेका नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो । बस्नेतले यसअघि नै मनोनयन दर्ता गराइसकेका छन् ।
उक्त क्षेत्रबाट एमालेका बस्नेतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री र नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि प्रतिस्पर्धामा छन् ।
शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी छन् ।
उनले महेशविरुद्ध प्रहरीदेखि अदालतसम्म मुद्दा हालेकी छन् ।