Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा तीन लाख नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा तीन लाख नाघ्यो

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।

आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँले बढेर तीन लाख एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।विश्वव्यापी राजनीतिक अनिश्चितता, अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077