Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभएसम्म राप्रपा सत्तामा जाँदैन: कमल थापा

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभएसम्म राप्रपा सत्तामा जाँदैन: कमल थापा

शनिवार , माघ १०, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभएसम्म राप्रपा सत्तामा नजाने स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सत्ता केन्द्रित राजनीति राप्रपाको लक्ष्य नभएको बताएका हुन् ।

उनले राप्रपाको मूल एजेन्डा नै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएको उल्लेख गर्दै त्यसबिनाको सत्ता स्विकार्य नहुने बताए ।

थापाले स्वयं राजा मतदाता रहेको काठमाडौं क्षेत्र नम्बर ५ बाट आफू निर्वाचित भए देश तथा विदेशमा महत्वपूर्ण राजनीतिक सन्देश जाने दाबी गरे । उनले उक्त क्षेत्र हिन्दुराष्ट्र, राजसंस्था र राष्ट्रवादको पक्षमा उभिने मतदाताको ठूलो संख्या रहेको बताए ।

राजतन्त्रवादी जनमतलाई मतमा परिणत गर्न सकिए फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको विजय सुनिश्चित हुने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077