Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापाको दाबी- भदौ २४ गते मध्यराति राजा ल्याउनुपर्यो भन्दै दुई शीर्ष नेताहरुबाट फोन आयो

कमल थापाको दाबी- भदौ २४ गते मध्यराति राजा ल्याउनुपर्यो भन्दै दुई शीर्ष नेताहरुबाट फोन आयो

बुधवार , पौष १६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई नेताले आफूलाई फोन गरेर राजसंस्था पुनःस्थापनको प्रयास गर्न आग्रह गरेको दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देश संकटमा परेको भन्दै राजसंस्थालाई पुनःस्थापना गर्न प्रयास गर्न आग्रह गर्दै ती शीर्ष नेताले त्यसका लागि राजनीतिक वातावरण बनाइदिने बताएको उल्लेख गरे।

उनले भने- 'भदौ २४ गते राति ११ बजे अहिलेका राजनीतिक दलहरुमध्येको प्रमुख दलका दुई जना नेताले फोन गर्नुभयो । अहिले नाम भन्दिनँ कुनै बेला आवश्यक पर्यो भने भनौँला । र उहाँहरुले भन्नुभयो–कमलजी देश त सकिन लाग्यो । जसरी पनि जोगाउनुपर्यो । तपाईले केही प्रयास गर्न सक्नुहुन्छ भने गर्नुहोस् । राजालाई त ल्याउनैपर्यो, देश जोगाउँनै पर्यो । राजनीतिक वातावरण हामी तयार गर्छौं । त्यसबेलामा मैले खासै प्रयास गर्ने हैसियत पनि थिएन र प्रयास गर्ने सम्भवना पनि रहेन ।'

उनले तत्कालीन समयमा आफूसँग प्रयास गर्ने हैसियत र सम्भावना पनि नभएको कारण केही गर्न नसकेको जिकिर गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077