Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक बन्दसूचीका तीन उम्मेदवारविरुद्ध उजुरी, आयोगले माग्यो सबुतप्रमाण

समानुपातिक बन्दसूचीका तीन उम्मेदवारविरुद्ध उजुरी, आयोगले माग्यो सबुतप्रमाण

शनिवार , माघ १०, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरिएका तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ ।

उजुरी परेपछि आयोगले सम्बन्धित उम्मेदवार तथा दलहरूलाई सबुतप्रमाणसहित यही माघ १३ गतेभित्र आयोगमा उपस्थित हुन निर्देशन दिँदै सूचना जारी गरेको छ । तोकिएको म्यादभित्र उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ ।

उजुरी दर्ता भएका उम्मेदवारहरूमा नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)का चन्द्रेश्वर मण्डल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुमारबहादुर थापा रहेका छन् ।

उजुरीकर्ताका अनुसार सिरहाका स्थायी बासिन्दा मण्डल आदिवासी जनजाति समुदायमा पर्ने व्यक्ति भए पनि उनलाई मधेसी कोटामा समावेश गरिएको भन्दै आपत्ति जनाइएको छ ।

यसले समानुपातिक समावेशी प्रतिनिधित्वको मर्म र कानुनी प्रावधानको उल्लंघन गरेको दाबी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077