Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनाङमा अब प्रत्यक्षतर्फ ३ चिह्नमा मात्रै मतदान हुने

मनाङमा अब प्रत्यक्षतर्फ ३ चिह्नमा मात्रै मतदान हुने

सोमवार , माघ १२, २०८२

मनाङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ ।

नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मंगोल नेशनल अर्गनाइजेसनको भाले चिह्नमा मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएपछि तीन चिह्नमा मतदान हुने टुंगो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।

“निर्वाचनका लागि पाँच दलबाट उमेदवारी परेकामा दुई दलले उमेदवारी फिर्ता लिएपछि मतपत्रमा तीनवटा चिह्न मात्रै रहने भएको हो”, उनले भने ।

नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् ।

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077