Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभास निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभास निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइ सकियो

सोमवार , माघ १२, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सकिएको छ ।

सोमबार मतपत्र छपाइको अनुगमनका लागि भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारी दिएका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ सम्पन्न भएको भण्डारीको भनाइ छ ।

प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य सोमबारदेखि सुरु भएको उनको भनाइ छ । अबको १५ दिनभित्र मतपत्र छपाइको कार्य सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने भण्डारीको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077