Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले छाप्न थाल्यो प्रत्यक्षतर्फको मतपत्र

निर्वाचन आयोगले छाप्न थाल्यो प्रत्यक्षतर्फको मतपत्र

सोमवार , माघ १२, २०८२

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।

सोमबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत अधिकारीहरूले मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण गरे ।

निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु भएको जानकारी दिए ।

मतपत्र छाप्ने काम करिब १५ दिनभित्र सम्पन्न हुने उनले बताए । मतदानअघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी गरेको उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077