Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रियंकाको ‘हट’ अवतारले तात्यो सामाजिक सञ्जाल

प्रियंकाको ‘हट’ अवतारले तात्यो सामाजिक सञ्जाल

मंगलवार , माघ १३, २०८२

काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री एवं मोडल प्रियंका कार्कीको पछिल्लो पहिरनले सामाजिक सञ्जाल यतिबेला तातेको छ । कार्कीको यो ‘हट’ अवतारले सामाजिक सञ्जाल मात्रै होइन मनोरञ्जन क्षेत्र नै तातेको छ ।

आइतबार कार्कीले पोखराको लेकसाइडबाट केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन्। ‘वाटर बेबिज’ क्याप्सन दिइएका तस्बिरहरूमा उनी ‘ब्ल्याक कट–आउट (वान पिस)’ मा निकै सुन्दरी देखिएकी छन् ।

रिसोर्टको टेरेसबाट खिचिएका ती तस्बिरहरूको पृष्ठभूमिमा फेवाताल देखिएको छ । उनको पहिरन र फिगरले जोकोहीलाई मन्त्रमुग्ध बनाने चर्चा भइरहेको छ ।

एक छोरीकी आमा प्रियंकाको यो फोटो सुटले ‘मदरहुड’ पछि पनि आफ्नो शारीरिक बनावट र स्टाइललाई कसरी मेन्टेन गर्न सकिन्छ भन्ने दरिलो उदाहरण पेश गरेको छ ।

सोही दिन अपलोड गरेको उनको अर्को तस्विरले पनि उत्तिकै माया पाएको छ । रातो पहिरनमा देखिएकी कार्कीको उक्त तस्विर पनि यतिबेला सामाजिक सञ्जाल भरिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077