Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन २० हजार पाँच सयले बढ्यो सुन, तोलामा कति पुग्यो ?

एकैदिन २० हजार पाँच सयले बढ्यो सुन, तोलामा कति पुग्यो ?

बिहिवार , माघ १५, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

विश्वव्यापी राजनीतिक अनिश्चितता, अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077