Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन तोलामा साढे २० हजारले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

एकैदिन तोलामा साढे २० हजारले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार एकैदिन २० हजार ५०० सयले बढेको सुनको मूल्य शुक्रबार सोहि मूल्यले घटेको हो ।

आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले घटेर तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कायम भएर ऐतिहासिक रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077