Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गगन थापा भन्छन्- कांग्रेससँग आगामी पाँच वर्षमा देश बदल्ने सपना छ

गगन थापा भन्छन्- कांग्रेससँग आगामी पाँच वर्षमा देश बदल्ने सपना छ

शुक्रवार , माघ १६, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै पुराना कुराहरू खराब नहुने बताएका छन् ।

सर्लाही–४ को विष्णु गाउँपालिकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने- 'सबै पुराना कुराहरू खराब हुँदैन । हिजोका राम्रा कुराहरू सम्झेर भविष्य हेरेर अगाडि बढ्ने हो । कांग्रेससँग आगामी पाँच वर्षमा देश बदल्ने सपना छ । हाम्रो सरकारले हिजो गरेको गल्तीहरू दोहोरिन नदिने संकल्पका साथ अघि बढेको छ । म यहाँ तपाईँको क्षेत्रलाई आफ्नो क्षेत्र बनाउन आएको हो । म कतै चुनाव लड्ने ठाउँ नभएर यहाँ आएको होइन ।'

कार्यक्रममा सभापति थापाले कांग्रेसको प्रतिबद्धता र क्षेत्रीय विकासप्रति आफ्नो योजना स्पष्ट गर्दै मतदातालाई सहयोग र समर्थनका लागि आग्रह गरेका छन् ।

साथै कांग्रेस हिजो गरेका गल्तीहरू दोहोरिन नदिने संकल्पका साथ अघि बढेको उनको भनाई थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077