Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मीनबहादुर गुरुङ फेरि एमालेमै सक्रिय, शेरधन राईलाई जिताउने प्रण !

मीनबहादुर गुरुङ फेरि एमालेमै सक्रिय, शेरधन राईलाई जिताउने प्रण !

मंगलवार , माघ २०, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई उम्मेदवारी दर्ता गरेर काठमाडौं आए । सिनामंगलमा आफ्नै लगानीको एक रेष्टुरेन्टमा आफ्ना निकटसँग राखेको गोप्य आन्तरिक बैठकमा आफूले भोजपुरबाट चुनाव जित्ने दाबी गरे ।

उनले प्रस्तुत गरेको पहिलो आधार थियो, नेपाली कांग्रेसको सहयोग । गोप्य बैठकमा सहभागी ती एक नेताका अनुसार नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठको समूहले आफूलाई सहयोग गर्ने भन्दै ढुक्क हुन भनेका थिए ।

स्रोतका अनुसार राईलाई जिताउन भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ सक्रिय छन् । त्यही बैठकमा भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुङमार्फत् आफूले धेरै रोजगारी दिनसक्ने भन्दै कोही जागिर खाने भए नाम संकलन गर्नु भनेर त्यही बैठकमा राईले ब्रिफिङ गरेका थिए ।

राईलाई जिताउन उमेश श्रेष्ठ र मीनबहादुर गुरुङ नै सक्रिय भएपछि धेरै सकस नहुने रिपोर्टिङ त्यो बैठकपछि नेताहरुले गरेका छन् ।

उक्त स्रोतका अनुसार राईले बैठकमा भनेका थिए–‘भाटभटेनी सुपर मार्केटमा एक दुई सयलाई रोजागार दिनसक्छु, भोजपुरका मान्छेहरुको सूची बनाउनुहोस् ।’

स्रोतका अनुसार कांग्रेसका नेता श्रेष्ठले भोजपुर नगरपालिका मेयर कैलाश आलेसहितको समूहलाई शेरधनको पक्षमा परिचालन गर्ने बचन दिएका छन् । श्रेष्ठ र गुरुङसँग शेरधनको दोस्ती भने लगानीको रहेको बताइन्छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि नेकपा एमालेको पार्टी कार्यालय बनाइदिने पनि घोषणा गरेका थिए । तर यो विवाद कारण अघि बढ्न सकेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077