Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३७ सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

३७ सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

मंगलवार , माघ २०, २०८२

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको  छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला  ५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077