काठमाडौं । सहरी विकास मन्त्रालयले ४२ जना जेनजी सहिदका परिवारलाई मासिक पेन्सन निकासा गरेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ जना सहिदका परिवारलाई २१ हजार ८ सय रुपैयाँ पेन्सन उपलब्ध गराइएको हो।
उक्त आन्दोलनमा मृत्यु भएका ७७ जनामध्ये जेलबाट भागेका, चोरीमा संलग्न व्यक्ति र तीन जना प्रहरीबाहेक ४२ जना सहिदलाई सहिद घोषणा गर्ने निर्णय गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ र वर्षमा १३ महिनाका दरले १० वर्षसम्म पेन्सन उपलब्ध गराइनेछ। यसका लागि कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ आवश्यक पर्ने र उक्त रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको उनले जानकारी दिए।
रेग्मीले भने- 'उहाँहरूलाई मासिक २१ हजार ८०० र वर्षमा १३ महिनाका दरले १० वर्षको ११ करोड ९० लाख २८ हजार रुपैयाँ लाग्छ । यो रकम रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ ।'