Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाँचखालमा बस र मोटरसाइकल ठोक्किँदा जुगल–५ का मगरको मृत्यु

पाँचखालमा बस र मोटरसाइकल ठोक्किँदा जुगल–५ का मगरको मृत्यु

बुधवार , माघ २१, २०८२

बनेपा। काभ्रेको पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

बुधबार दिउँसो धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बस एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परेर सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ निवासी अन्दाजी २६ वर्षीय सुसिल आले मगरको मृत्यु भएको पाँचखाल प्रहरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक मगर गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बस चालक सिन्धुपालचोकको बलेफी गाउँपालिका–५ निवासी ५३ वर्षीय नानिबाबु ठकुरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077