काठमाडौं । वर्किङ भिसामा इटाली पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका ७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बूढानीलकण्ठ नगरपालिका–८ भङ्गालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भनी बङ्गलादेशबाट काठमाडौं बोलाइ बन्धक बनाइ ठगी गर्ने सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
५ जना बङ्गलादेशी नागरिकहरूलाई बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले उनीहरूको उद्धार समेत गरेको छ ।
पक्राउ पर्नेमा बङ्गलादेश घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोज कुमार र नुवाकोटका ३२ वर्षीय शशि पाठक छन्।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बङ्गलादेशी नागरिकलाई घरमा बन्धक बनाइ ठगी गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका सातै जनालाई जिल्ला अदालत काठमाडौँबाट शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए। र