Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१ करोडको सुनचाँदी चोरी आरोपित नागार्जुनबाट गोली हानेर पक्राउ

१ करोडको सुनचाँदी चोरी आरोपित नागार्जुनबाट गोली हानेर पक्राउ

बिहिवार , माघ २२, २०८२

काठमाडौं । करिब ७० तोलाको सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–स्थित महांकालबाट एक जनालाई गोली हानेर पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नेपालगन्ज घर भएका प्रेम थारुलाई गएराति करिब ११ः३० बजे नियन्त्रणमा लिन खोज्दा उनी भाग्न प्रयास गरेपछि गोली प्रहार गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले बौद्ध क्षेत्रबाट हराएको सुनचाँदीका गरगहनासँग सम्बन्धित अनुसन्धानका क्रममा थारुलाई शंका लागेर चेकजाँच गर्दा उनले प्रहरीमाथि आक्रमण गरेको बताए।

आक्रमणपछि नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाएको उनको भनाइ छ ।

प्रहरीका अनुसार थारु यसअघि २०७९ सालमा चोरी मुद्दामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका थिए ।

गोली थारुको खुट्टामा लागेको र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077