Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गृह मन्त्रालयले नायक धिरज मगरलाई किन गर्‍यो डिपोर्ट ?

गृह मन्त्रालयले नायक धिरज मगरलाई किन गर्‍यो डिपोर्ट ?

बिहिवार , माघ २२, २०८२

काठमाडौं । नेपाली फिल्मका नायक धिरज मगरलाई नेपाल सरकारले निष्काशन (डिपोर्ट) गरेको खुलेको छ । करिब डेढ महिनाअघि उनलाई जरिवाना तिराएर अध्यागमन विभागले निष्काशन गरेको हो। 

स्रोतका अनुसार उनको बेलायतको पासपोर्ट छ। बेलायतको नागरिकको रुपमा नेपालमा लामो समय बसेर अध्यागमनसम्बन्धि कानून मिचेको भन्दै उनलाई जरिवाना तिराएर निष्काशनको निर्णय गरिएको हो। 

मगर नयाँ पुस्ताका चर्चित नायक हुन्। उनले आधा दर्जन फिल्ममा काम गरेका छन् । बेलायतमै हुर्किएका मगर फिल्म खेल्नकै लागि नेपाल आएका थिए ।

तर, उनका फिल्मले सफलता भने पाउन सकेनन्। अर्कोतर्फ  उनी अध्यागमनसम्बन्धि कानूनको झमेलामा पनि परेका छन्। 

नेपाली मुलका धेरै विदेशी यस्तो कारबाहीमा पर्दछन्। नेपालमा विदेशी नागरिकले एक वर्ष एक सय ५० दिनभन्दा धेरै पर्यटक भिसामा बस्न पाउँदैनन् ।

धेरैलाई यो नियम थाहा छैन । पछि भिसा थप्न जाँदा कारबाहीमा पर्ने गरेका छन्। नायक धिरज मगर पनि यस्तै समस्यामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077