Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काँग्रेस सभापति गगनकुमार थापा पोखरामा

काँग्रेस सभापति गगनकुमार थापा पोखरामा

शुक्रवार , माघ २३, २०८२

पोखरा । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा आज पोखरा पुगेका छन् ।

काँग्रेस गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी हुन सभापति थापा आज बिहान पोखरा पुगेका हुन् । 

सभापति थापालाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वागत गरेका थिए।

सभापति थापा केही बेरमा नेपाली काँग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् ।

कास्कीको कार्यक्रम सकिएपछि थापाले नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्नेछन् । सभापति थापाकै प्रमुख उपस्थितिमा शुक्रबार पोखरामा सो बैठक बस्ने तय भएको छ । बैठकमा गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका जिल्ला सभापति र आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।

यस पटकको बैठकमा प्रदेश कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका प्रत्यासीहरूलाई समेत उपस्थित हुन आग्रह गरेको छ । उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेतारकार्यकर्ता एवं उम्मेदवारहरूसँग छलफल गर्ने कार्यक्रम छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077